काठमाडौँ । सरकारले आज (१ फागुन) जनयुद्ध दिवसको सार्वजनिक बिदा दिए पनि बैङ्कहरूका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी मुलुकभरका बैङ्कहरूलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी १० बजेदेखि दिउँसो १:३० बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको हो । राष्ट्र बैंक निर्देशनपछि सेवा अवरुद्ध नहुने भएको हो ।
‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैङ्किङ सेवा प्रदान गर्न १० बजेदेखि दिउँसो १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
