काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा नेपाल चिकित्सक संघको आन्दोलनको अवज्ञा भएको छ ।
अस्पताल प्रशासनले सेवा निर्बाध रूपमा सुचारु नै रहेको जनाएको छ ।
राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि हातपात गरेको भन्दै आज देशभरि आकस्मिक बाहेकका सेवा अवरुद्ध छन् ।