महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै


२८ माघ २०७९, शनिबार


काठमाडौँ । आठौँ संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज शनिबार दुई खेल हुदैछ ।

दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरू हुदैछ ।

आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इंग्ल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्याण्ड पाँच खेलमा नै अपराजित रहेको छ ।

आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका साबिक विजेता अष्ट्रेलिया र न्युजिल्याण्डबीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०:४५ बजे आयोजना हुनेछ ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलियाले तीन र न्युजिल्याण्डले एक खेल जित्दा एक खेल भने नतिजा विहीन भएको थियो ।

दुवै खेल पार्लस्थित बोल्याण्ड पार्कमा हुनेछ । यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहभागी १० टोलीलाई ५र५ टोलीको दुई समूहमा विभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

समूह ‘बी’ मा दुई पूर्व विजेताहरू इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस