फिफा वर्ष खेलाडीका लागि मेस्सेसहित तीन मनोनयन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

फिफा वर्ष खेलाडीका लागि मेस्सेसहित तीन मनोनयन


२८ माघ २०७९, शनिबार


काठमाडौँ। लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् ।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो ।

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको हो ।

सन २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन । यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितिसकेका छन् ।

मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका छन् ।

तर, यस वर्षको उत्कृष्ट खेलाडी मनोनयनमा रोनाल्डो भने मनोनयनमा परेनन् । यसअघि उनी प्रायः पर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस