काठमाडौँ । शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न सङ्घसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न सङ्घ-संस्थाका प्रमाणपत्रहरू फेला पारेको हो ।
उनीउपर लिखतसम्बन्धी कसुरमाथि थप अनुसन्धान भइरहेको छ ।