अहिलेका कुनै पनि नेताबाट देश बन्दैन, उनीहरूलाई बिदा गर्नुपर्छ : चन्द्र भण्डारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अहिलेका कुनै पनि नेताबाट देश बन्दैन, उनीहरूलाई बिदा गर्नुपर्छ : चन्द्र भण्डारी


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अहिलेसम्म सत्तामा बसेका नेताहरूबाट मुलुक नबन्ने ठोकुवा गरेका छन् । शुक्रबार विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेता भण्डारीले सो कुरा बताएका हुन् ।

उनले नेपालको राजनीतिमा समय अनुसारका मुद्दा उठाउन नसकेको स्विकार्दै त्यसकारण अहिलेसम्म देश बनाउने अधिकार पाएका नेताहरूलाई बिदाइ गर्न जरुरी रहेको पनि बताए ।

‘हामीले समयअनुसारका मुद्दा उठाउन सकेनौँ त्यसकारण अब अहिलेसम्म प्राप्त व्यक्तिहरू, जसले अधिकार प्राप्त गर्नुभयो, मुलुक बनाउने जिम्मा लिनुभयो उहाँहरूबाट मुलुक बन्दैन र उहाँहरूलाई बिदा नगरी मुलुक अघि पनि बढ्दैन’, भण्डारीको भनाइ छ । उनले त्यसका लागि हरेक पार्टीमा त्यसका लागि लडाई गर्न जरुरी रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस