माओवादीले सरकारको नेतृत्व गर्न पाउनु चुनौती र अवसर दुवै हो : प्रचण्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीले सरकारको नेतृत्व गर्न पाउनु चुनौती र अवसर दुवै हो : प्रचण्ड


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु सामान्य नभएको टिप्पणी गरेका छन् । 

पार्टी केन्द्रीय समितिलाई भर्चुअल मार्फत सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारको नेतृत्व गर्नु चुनौती र अवसर दुवै भएको बताए । 

‘हामीले सरकारको नेतृत्व गर्न पाउनु चुनौती र अवसर दुवै हो । त्यहीँ रूपमा बुझ्नु भए हुन्छ । मैले विश्वासको मत लिँदा एजेण्डा प्रस्तुत गर्ने सबै स्पष्ट राखी सकेको छु । ती सबै पुरा गर्नुपर्ने हामी सबैको जिम्मेवारी हो’ प्रचण्डले भनाई उदृत  गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘अहिले माओवादीले न्याय गरेन भन्ने छ । यो परिवर्तनबाट जनताले अनुभूति गर्नेगरी काम भएको छैन । हामीले गरेर दुखाउने चुनौती छ । यो परिवर्तनलाई संस्थागत गर्नुपर्ने मुख्य दायित्व छ ।’   

माओवादी नेतृत्वमा राष्ट्रिय सहमति हुनु ऐतिहासिक भएको भन्दै प्रचण्डले खुसी व्यक्त गरेको ती पोलिटब्युरो सदस्यले बताए । माओवादीले ल्याएका एजेण्डा संस्थागत भई जनताले राहत महसुस गरेमा इतिहास चाहेरपनि कसैले मेटाउन नसक्ने प्रचण्डले बताए ।

माओवादीले गरेका कामको जनतामा लगेर स्थापित गर्न  सबै नेता कार्यकर्ता लाग्नुपर्ने प्रचण्डको भनाई छ ।

‘राष्ट्रलाई एकताबद्ध गर्न माओवादी आन्दोलनप्रति भ्रमहरू सृजना भएका छन्, त्यसलाई चिर्ने हामी सबैको यो अवसर हो’ प्रचण्डले भने, ‘माओवादी त्यस्तो जात हो जो छुनु हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ । शान्ति र परिवर्तनको बाहकको रूपमा होइन आशावादीको रूपमा स्थापित गर्न लगातार रूपमा प्रहार भई रहेको छ । त्यो सबै भ्रम चिर्ने र सुधार गर्ने यो अवसर हो ।’

सङ्गठनमा बढ्दै गएको अराजकता र अनुशासनहीनता बढ्दै जानु पार्टी र आन्दोलनका निम्ति राम्रो हुने प्रचण्डले बताए ।

पार्टीले पाएको दुर्लभ अवसरलाई खेलाचिको रूपमा नलिन प्रचण्डले आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस