रास्वपालाई सरकारमा ल्याउने एमालेको जोडबल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रास्वपालाई सरकारमा ल्याउने एमालेको जोडबल


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने कोसिस जारी रहेको बताएको छ ।

सो पार्टीका नेता प्रदिप ज्ञवालीले पार्टीको सचिवालय बैठकपछि यस्तो जानकारी गराएका हुन् ।

उनले भने, ‘रास्वपाले सरकार छाडेको विषयको समीक्षा हुँदै जाला । केही प्रक्रियागत त्रुटिका कारणले समस्या उत्पन्न भएको देखिन्छ । पुस १० गते नयाँ कोर्स निर्माण गर्दा जुन ढङ्गले शक्तिको बाँडफाँट गरेका थियौँ । त्यसअनुसार गृह स्वतन्त्र पार्टीलाई दिइनु पर्थ्यो । सरकारमा होल्ड गरिरहनुपर्थ्यो । त्यसमा असमझदारी देखियो । सरकारलाई दिएको विश्वास कायमै छ । हाम्रो तर्फबाट विश्वास कायमै राखेर सरकारमा फर्काउने कोसिस जारी छ । जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने क्रम जारी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस