पर्यटन मन्त्री किराँतीद्वारा विमानस्थल अनुगमनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्यटन मन्त्री किराँतीद्वारा विमानस्थल अनुगमनमा


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन्।

आज (बिहीबार) बिहान ५:३० बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाइ गर्ने मजदुरको तारिफ गरेका छन्।

उनले भने, ‘दिनरात चौबिसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदुर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद १ आंशिक सुधार हुँदैछ, आशा गरौँ पूर्ण सुधार हुने नै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’

अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् ।

मन्त्री भएपछि किराती पटक पटक विमानस्थलको अनुगमनमा गइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस