२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा कञ्चनपुरमा चार सय बढी उजुरी फर्स्योट

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले चालू आवको पुस मसान्तसम्म आएका एक हजार २३४ उजुरी मध्ये ४०४ उजुरी फर्स्योट गरेको छ।

आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायण प्रसाद ढकालका अनुसार चालू आवमा ५५६ र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर ६७८ उजुरी आएका छन्।

गत आव मध्येको फर्छ्यौट हुन बाँकी उजुरी ५१८ र चालू आवको फर्छ्यौट हुन बाँकी उजुरी ३१२ रहेका छन्। गत वर्ष र चालू आवको गरी ८३० उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्।

चालू आवमा सबै भन्दा बढी कैलालीबाट १८५, कञ्चनपुरबाट ८८, बैतडीबाट ६९, डोटीबाट ४२ उजुरी आयोगको कार्यालयमा दर्ता भएका छन्। डडेल्धुरा ४१, बझाङ ३८, अछाम ३४, बाजुरा ३३ र दार्चुला २६ उजुरी दर्ता भएको सूचना अधिकारी ढकालले जानकारी दिए । आयोगको कार्यालयले आव २०७८/०७९ मा एक हजार ६२ उजुरी फर्छ्यौट गरेको छ। आव २०७८/०७९ मा ७०७ उजुरी दर्ता भएकोमा आव २०७७/०७८ बाट सरेर आएका एक हजार ३२ गरी एक हजार ७३९ उजुरी मध्ये एक हजार ६२ उजुरी फर्छ्यौट भएका हुन्।

चालू आवको पुस मसान्त सम्म कञ्चनपुरका ८२ उजुरी मध्ये ५० उजुरी फर्छ्यौट भएका छन् भने ३२ उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्।

सबैभन्दा बढी भीमदत्त नगरपालिकाका २० वटा उजुरी दर्ता भएकोमा १३ वटा उजुरी फर्छ्यौट भएका छन्। यसैगरी, शुक्लाफाँटा नगरपालिकाका १६ उजुरी मध्ये छ उजुरी,बेलौरी नगरपालिकाका आठ मध्ये सात, कृष्णपुर नगरपालिकाका सात मध्ये चार उजुरी फर्छ्यौट भएका छन्। बेदकोट नगरपालिकाका छ मध्ये चार, पुर्नवास नगरपालिकाका छ मध्ये छ, दोधारा चाँदनी नगरपालिकाका १० मध्ये तीन, लालझाडी गाउँपालिकाका सात मध्ये पाँच, बेलडाँडी गाउँपालिकाका दुई मध्ये दुई उजुरी फर्छ्यौट भएका छन्।

कार्यालयमा सार्वजनिक खरिद र निर्माण, उपभोक्ता समिति सम्बन्धमा, प्रशासनिक कार्य सम्बन्धी, तालिम र क्षमता विकास सम्बन्धी, प्राकृतिक श्रोत र साधनको उपयोग, सेवा प्रवाह सम्बन्धी, नक्कली शैक्षिक प्रमाण पत्र र लाइसेन्स सम्बन्धी उजुरी आउने गरेका छन्।

यसैगरी, सार्वजनिक जग्गाको अतिक्रमण, शिक्षा, दिवा खाजा, कृषि क्षेत्र, विषय क्षेत्रगत, राजस्व चुहावट, सामाजिक सुरक्षा भत्ता लगायतका उजुरी पनि आउने गरेका छन्।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनका लागि पालिका स्तरमा छलफल र अन्तर्क्रिया लगायतका कार्यक्रमहरू सञ्चालन गरिँदै आएको सूचना अधिकारी ढकालको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस