१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु चुनावलाई लक्षित गरेर त्रिविमा भर्ना रोकिने

अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।

निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ ।

स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा एक महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविले निर्वाचन कार्य तालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अन्यको हकमा भने कार्यतालिका प्रकाशित भएको मितिभन्दा दुई दिनअघिसम्म मात्र भर्ना भएका विद्यार्थी मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरिएको छ ।

कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाइने उल्लेख गरिएको छ ।

तर विषय परिवर्तन गरी अध्ययन गर्न नियमित विद्यार्थीका रूपमा क्याम्पस भर्ना भएका विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश गरिने र प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश नगरिने भएको छ । त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गरिन थालिएको हो । निर्देशिकामा विसं २०५१ चैत १८ गते जन्म मिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

निर्देशिकामा स्ववियु निर्वाचनमा कुनै सङ्घ, सङ्गठन वा समूहले समानुपातिकतर्फ मात्र सहभागी हुनसक्ने जनाइएको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने छन् ।

निर्देशिकामा स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर पाँच सदस्यीय कार्यसमिति, २०१ देखि एक हजारसम्म विद्यार्थी भए सात जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए नौ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्ममा ११ सदस्यीय र पाँच हजार एकदेखिमाथि भए १३ जनाको कार्यसमिति हुने उल्लेख गरिएको छ ।

त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको छ । चैत ५ गते देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्ध प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस