२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल रेडक्रसका शाखा तथा उपशाखालाई ३० वटा एम्बुलेन्स हस्तान्तरण

अ+ अ-

काठमाडौँ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आईएफआरसीले रेडक्रसका जिल्ला शाखा तथा उपशाखालाई ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा आईएफआरसीका महासचिव जगन्नाथ चापागाईँले नेपाल रेडक्रस सोसाइटीका २२ वटा जिल्ला शाखा र ८ वटा उपशाखालाई गरी जम्मा ३० वटा ख वर्गका एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

उनले अन्य १५ वटा एम्बुलेन्स ‘ख’ वर्गमा स्तरोन्नति गरिएको र आगामी दिनमा बाँकी ४७ जिल्लाहरूको लागि पनि सहयोगका लागि पहल गर्ने बताए ।

कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले प्रभावकारी एम्बुलेन्स सेवा सञ्चालन कार्य त्यति सजिलो नभएको बताउँदै यस सेवाको समग्र प्रणाली सुधारका लागि सरकार लागिरहेको बताए ।

नेपाल रेडक्रस सोसाइटीले हाल देशका ६८ जिल्लाका २७५ स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरिरहेको सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले बताए ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरूमा इलाम, झापा, तेह्रथुम, सङ्खुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर रहेका छन् । साथै उपशाखाहरूमध्ये सोनारी (बाँके) बारबर्दिया (बर्दिया), अन्नपूर्ण (भोजपुर), मनकामना (गोरखा), नरहरिनाथ (कालीकोट), घर्तिगाउँ (रोल्पा), ग्वालटार (सिन्धुली) र मिर्चैया (सिराहा) ले एम्बुलेन्स प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस