स्पट फिक्सिङको आरोपमा थप एक क्रिकेट खेलाडी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्पट फिक्सिङको आरोपमा थप एक क्रिकेट खेलाडी पक्राउ


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबी टोलीले पर्साको वीरगन्ज घर भएका नितेश गुप्तालाई आज पक्राउ गरेको हो । 

गत महिना काठमाडौँमा भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा गुप्ता पक्राउ परेका हुन् । 

एजेन्टको काम गरेको पाइएपछि गुप्तालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता तथा एसपी कमल थापाले जानकारी दिए । 

ब्युरोले यसअघि दुईजनालाई पक्राउ गरेको थियो । पूर्वखेलाडी मेहबुब आलम र अहिलेका खेलाडी आदिल आलम पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धान चलिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस