२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत प्रमुखसहित तीनजनाले पाए सफाइ, उपभोक्ता समीतीका अध्यक्षलाई कैद सजाय

अ+ अ-

काठमाडौँ । जिल्ला मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित तीनजनाले सफाइ पाएका छन्। विशेष अदालतले डिल्लीबजार मालपोतका अधिकृत विष्णुकुमार राई तथा नापी गोश्वारका नापी अधिकृत शर्माका साथै जग्गाधनी अरुणकुमार रञ्जिकारलाई सफाइ दिने फैसला सुनाएको हो। 

मङ्गलवारको इजलासले तीनैजना माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको अभियोग दाबी नपुग्ने ठहर गरेको हो। 

जग्गाधनी रञ्जितकारले अधिकृतद्वय राई र शर्मालाई अनुचित प्रभावमा पारी सरकारी बाटोको ९ आना ३ पैसाभन्दा बढी जग्गा आफ्नो नाममा दर्ता गर्न लगाएको आरोपसहित अख्तियारले १५ पुस २०७६ मा मुद्दा दर्ता गराएको थियो। 

उक्त जग्गाको तत्कालीन सरकारी मूल्यअनुसार ४ लाख १२ हजार रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर भएकोमा तीनैजनालाई सफाइ दिइएको हो। 

२०४७ मा हालसाबिक दर्ता र २०५२ सालमा अद्यावधिक कायम गर्ने कार्यमा आर्थिक प्रलोभन दिइएको दाबी अख्तियारको थियो। 

पभोक्ता समीतीका अध्यक्षलाई कैद सजाय

विशेष अदालतले सुर्खेतको भेरीगंगाको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई कैद सजाय सुनाएको छ। साजगोठेरी वनका अध्यक्ष कहरसिंह नेपालीलाई कैद सजाय भएको हो। 

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार नेपालीलाई तीन महिना कैद र ४२ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ। मङ्गलवार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले यस्तो फैसला गरेको हो। 

नेपाली वन उपभोक्ता समूहको अध्यक्ष हुँदा वन हेरालुसहित विभिन्न व्यक्तिहरूले रकम बुझेको नक्कली बिल भरपाई बनाई आफैँले सो रकम राखेर हिनामिना गरेको दाबीसहित मुद्दा दायर भएको थियो। उनले २ लाख १६ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित १ माघ २०७६ मा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस