रवि लामिछानेविरुद्धको जाहेरी दर्ता गर्न माग गर्दै निवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रवि लामिछानेविरुद्धको जाहेरी दर्ता गर्न माग गर्दै निवेदन


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन माग गर्दै युवराज पौडेल (सफल)ले निवेदन दिएका छन्। 

मङ्गलवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सफलले लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन्। 

आफूले गत माघ १७ गते प्रहरी परिसर, टेकुमा जाहेरी पेस गरे पनि दर्ता नभएको भन्दै दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन निवेदन दिएका छन्।

लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेस गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस