आज माओवादीका दुई मन्त्रीको शपथ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आज माओवादीका दुई मन्त्रीको शपथ


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ।

केही दिनअघि विस्तार भएको मन्त्रिपरिषद्मा भागबन्डामा असन्तुष्टि जनाएको माओवादी सरकारमा सहभागी हुन भएको हो।

माओवादीका दुई मन्त्री सहभागी हुनुभएपछि मङ्गलवार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशले जनाएको छ।

एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो। मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई माओवादी केन्द्रले पठाएको हो।

उद्योग, पर्यटन तथा वन मन्त्रीमा यादव र साही मन्त्रालयको राज्यमन्त्रीमा अन्सारीलाई पठाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस