यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन्।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेका हुन्।

नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको यो नै उच्च तहको भ्रमण हो । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो । उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।

पावरको भ्रमणका विषयमा युएसएडले गत बुधवार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो। यूएसएडको विज्ञप्तिअनुसार भ्रमणका क्रममा पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ।

साथै, यहाँको नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतन्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल हुनेछ।

पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस