वैशाखभित्र जुम्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैशाखभित्र जुम्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने


२३ माघ २०७९, सोमबार


काठमाडौँ । जुम्लाका १ नगरपालिका र ७ गाउँपालिकालाई आउँदो वैशाख महिनाभित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने भएको छ । आगामी २०८० वैशाखभित्र जुम्लाका ८ वटै पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने कार्य योजना तयार भएको हो।

जुम्लामा सोमबार जनस्वास्थ्य कार्यालयद्वारा आयोजित ‘जिल्ला स्तरीय पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपनाको कार्य योजना गोष्ठीमा’सहभागी जुम्लाका ८ वटै  पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा संयोजकले वैशाख महिनाभित्र पूर्णखोप पालिका घोषणा गर्ने कार्य योजनामा लिखित प्रतिबद्धता गरेका हुन् । 

जुम्ला पुर्णखोप जिल्ला घोषणा भइसके पनि राष्ट्रिय खोप कार्यक्रम अनुसार हरेक वर्ष १५ महिनामुनिका लक्षित सबै बालबालिका सबै प्रकारका खोप लगाएको सुनिश्चितता गर्नुपर्ने प्रावधान छ । सोही अनुसार जुम्लाका ८ पालिकाले वैशाखभित्र पुर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी गरेका हुन्।

जसअन्तर्गत,आगामी वैशाख १६ गते चन्दननाथ नगरपालिकालाई पुर्णखोप पालिका घोषण गर्ने कार्य योजना तयारी भएको छ  भने तातोपानी गाउँपालिकालाई वैशाख १३ गते, तिला गाउँपालिकालाई १५ गते, हिमा गाउँपालिकालाई १४ गते, सिंजा गाउँपालिकालाई ८ गते पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्य योजना तयार भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

उनका अनुसार कनकासुन्दरी गाउँपालिका,वैशाख २४ गते,गुठिचौर गाउँपालिका २० गते र पातारासी गाउँपालिका ७ गते गरी ८ वटै  पालिका वैशाखभित्र पुर्णखोप सुनिश्चित पालिका घोषणा हुने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस