काठमाडौँ । स्याङ्जाको एक गाउँपालिकाले बाख्रापालनको तालिम दिनको लागि भनेर प्रशिक्षकको आवेदन खुलाएको छ । अर्जुन चौपारी गाउँपालिकाले स्थानीय कृषकलाई बाख्रापालनको तालिम दिनको लागि एकजना प्रशिक्षकको आवेदन खुलाएको हो ।
गाउँपालिकाको उद्यम विकास शाखाले गरिबी निवारणका लाग लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप विकास तालिम गर्न लागिएको र सोही तालिमको लागि प्रशिक्षक आवश्यक परेको जनाइएको छ ।
माघ २९ गतेसम्म बाख्रापालनको तालिम दिन इच्छुकले प्रशिक्षक बन्न आवेदन दिन पाउँछन् । प्रशिक्षकको लागि मान्यता प्राप्त संस्थाबाट तालिम प्राप्त गरेको प्रमाणपत्रलाई न्यूनतम योग्यता मानिएको छ । एक हप्तासम्म सञ्चालन हुने तालिममा प्रशिक्षकलाई भत्ता उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको उद्यम विकास शाखाकी कर्मचारी जालमाया विकले स्थानीय कृषकहरूको आवश्यकताअनुसार तालिम दिन लागिएको र त्यसकै लागि प्रशिक्षक आवश्यक परेको बताइन् ।