काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित गरेको छ ।
शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र द्वितीय चरणको आगामी चैत २१ गते हुने पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगका सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
सूचना :
