सबैलाई समेटेर अघि बढ्छु : उर्मिला अर्याल « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सबैलाई समेटेर अघि बढ्छु : उर्मिला अर्याल


२३ माघ २०७९, सोमबार


काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् । राष्ट्रियसभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि राजनीतिक आग्रह प्रवाह नराखेर अघि बढ्ने बताइन् ।

‘सबै दलबाट सर्वसम्मत हुनु खुसीको कुरा पनि हो । यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने छु । किनभने मलाई निर्वाचित गराउन सबैको भूमिका छ’ अर्यालले भनिन्, ‘यो देशको परिवर्तन ल्याउन हरके पार्टीका महिलाहरूको योगदान छ । कतिपय यो ठाउँमा आउन नपाउँदै सहिद हुनुभयो । यस्ता तमाम घटनाक्रमलाई सम्झेर काम गर्नेछौँ ।’

महिलालाई अघि बढाउन के कस्ता नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा समेत आफू गम्भीर रहेको अर्यालले बताइन् ।

‘राष्ट्रिय सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा एजेण्डा बनाइने छ । अहिले प्रभावकारी छैन भन्न खोजेको होइन सबै अनुभवी नै हुनुहुन्छ । एउटा अनुभव र भोगाई भोगेर यहाँसम्म आउनुभएको छ’ अर्यालले भनिन्, ‘के गर्दा राष्ट्रियसभालाई अझ प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा भूमिका खेल्नुपर्ने छ । अरु महिला मान्यज्यूहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्नेमा लाग्नुपर्ने छ ।’ यसरी निर्वाचित भएपछि कामका दौरान के कस्ता समस्याहरू आइपर्छन् त्यतिबेलै योजना बनाएर अघि बढिने अर्यालले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस