कृषि मिटर निःशुल्क गर्ने प्रक्रिया कार्यान्वयनमा  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कृषि मिटर निःशुल्क गर्ने प्रक्रिया कार्यान्वयनमा 


२२ माघ २०७९, आइतबार


धनुषा । मधेस प्रदेशका पालिकमा किसानका लागि कृषि मिटर निःशुल्क गर्ने प्रक्रिया कार्यान्वयनमा ल्याइएको छ । 

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले निःशुल्क कृषि मिटरबारेमा मन्त्रालयका सचिव डा.नम्रता सिंह र नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरसँग आइतबार छलफल गरेर सो प्रक्रिया अगाडि बढाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मधेस प्रदेशभित्रका १३६ पालिकाका लागि कृषि विद्युतीकरण गर्ने बारेमा मन्त्री कुशवाहाले छलफललाई अगाडि बढाएका छन् । यसअघि विभिन्न जिल्लाको पालिकामा कृषि मिटर निःशुल्क दिने निर्णय भएपनि कार्यान्वयनमा आएका थिएन । त्यसलाई मन्त्री कुशवाहाले कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

निःशुल्क मिटर प्राप्तबाहेकका जिल्लाको नेपाल विद्युत् प्राधिकरणका कार्यालयका प्रमुखसँग भेटी यस कार्यक्रमका लागि छलफल गर्न मन्त्री कुशवाहाले निर्देशन दिएका छन् । 

नेपाल विद्युत् प्राधिकरणको मापदण्ड अनुसार कृषि बिजुली पालिकाले तिर्नु पर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याउनुपर्ने उनले भनेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस