शिक्षा मन्त्री यादवले गरे पदभार ग्रहण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षा मन्त्री यादवले गरे पदभार ग्रहण


२२ माघ २०७९, आइतबार


काठमाडौँ । जनमत पार्टीबाट शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री बनेका महेश प्रसाद यादवले पदभार ग्रहण गरेका छन् ।

पार्टीका मधेस प्रदेश दलका नेतासमेत रहेका मन्त्री यादवले आइतबार पदभार ग्रहण गरेका हुन् । शनिबार मन्त्रीको शपथ लिएका उनले आइतबार पदभार ग्रहण गर्दै अगामी ५ वर्षमा मधेसलाई पूर्ण साक्षर घोषणा गर्ने पहिलो निर्णय गरेका हुन् ।

उनले अन्य प्रदेशको तुलनामा मधेस प्रदेशको साक्षरता दर निकै पछाडि रहेको बताए । 

उनले ४९.५ प्रतिशत मात्र साक्षर रहेको मधेस प्रदेशलाई आफ्नो कार्यकालमा पूर्ण साक्षर बनाउन शिक्षा सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तीव्रताका साथ निर्माण गर्ने र सोको प्रभावकारी कार्यान्वयनमा अग्रसर भई काम गर्ने बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस