७८ लाख रकमसहित दुईजना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७८ लाख रकमसहित दुईजना पक्राउ


२२ माघ २०७९, आइतबार


काठमाडौँ। प्रहरीले काठमाडौँ न्‍यूरोड क्षेत्रबाट ७८ लाख ५० हजार रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी महानगरपालिका९ घर भई हाल बिजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका-१० घर भई हाल विजुलीबजार १० बस्ने ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ल रहेका छन् ।

यूरोड एरियामा विभिन्न व्‍यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेश विपरीत हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमध्‍ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले विगत ४ महिनादेखि न्‍युरोड क्षेत्रमा विभिन्न व्‍यक्तिहरुबाट हुण्डीको रकम सङ्कलन गर्ने र बैङ्कमा डिपोजिट गर्दै आएको रहस्य खुलेको छ ।

उनीहरूले दैनिक एक करोड बढीको रकम कारोबार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले नेपाली नगद ७८ लाख ५० हजार, ४ लाखको चेक एक थान र सङ्कलित रकम व्यवस्थापन गरेको भौचर तथा कारोबार विवरणहरू भएको मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस