‘विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले स्थान दिएनन्’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले स्थान दिएनन्’


२२ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली मिडियाप्रति गुनासो गरेका छन् ।

आइतबार पार्टी सरकारबाट बाहिरिने निर्णय सार्वजनिक गर्ने क्रममा उनले आफूले विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको गुनासो गरेका हुन् ।

आफूलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खोजेको तर नेपालमा त्यस्तो नभएको उनले बताए । उनले आफू देश सम्झिएर स्वदेश फर्किएको पनि बताए ।

उनले टेलिभिजनमा सबैभन्दा लामो अन्तर्वार्ता लिएर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस