२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ’

अ+ अ-

काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको छ । शुक्रवार वायुसेवा सञ्चालक सङ्घले काठमाडौँमा हवाई सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो । 

सङ्घले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए । उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरूमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताए । उनले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे । 

अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन,मौसम, प्राविधिक पक्ष, व्यवस्थापन,नियमन र मानवीय गल्ती लगायतको कुनैपनि कारण हुनसक्ने बताए ।   उनले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गरे । उनले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पुर्‍याउन आवश्यक रहेको बताए ।   

त्यस्तै,नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्याम किशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए । उनले प्राधिकरणले ट्राफिक कन्ट्रोलरहरूलाई दिने तालिम कमी भएको भन्दै तालिम बढाउन आवश्यक रहेको बताए । उनले हवाई उडानको सुरक्षित बनाउनको लागि नियमन,तालिम र टेक्नोलोजी राम्रो आवश्यक रहेको बताए । उनले नेपालको हवाई उडानमा राम्रो टेक्नोलोजीहरू प्रयोग  नियमन राम्रो रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस