तीनै तहको चुनाव छुट्टाछुट्टै मितिमा गरौँ : दिनेश थपलिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीनै तहको चुनाव छुट्टाछुट्टै मितिमा गरौँ : दिनेश थपलिया


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन छुट्टाछुट्टै मितिमा हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा कार्यक्रममा थपलियाले दुई तहको निर्वाचन एकै समय गर्दा प्रदेशको एजेन्डा ओझेलमा परेको अनुभव भएको बताए ।

उनले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन फरक-फरक वर्ष हुने गरी बहस चलाउनुपर्ने आवश्यकता पनि औँल्याए । 

“दुईवटा निर्वाचन (प्रदेश सभा र प्रतिनिधि सभा) एकै पटक हुने भएकाले २-३ वटा कुरा हामीले पनि महसुस गर्‍यौँ । एउटा प्रादेशिक एजेन्डा कहीँकतै ओझेलमा परेका हुन् कि भन्ने देखियो । मतपत्र बदरका कुरा पनि देखिए । यदि मिल्छ भने थप व्याख्या गरेर एक वर्ष स्थानीय तहको निर्वाचन, अर्को वर्ष प्रदेश सभाको निर्वाचन र अर्को वर्ष प्रतिनिधि सभाको निर्वाचन ढङ्गले जानुपर्छ ।”

उनले छुट्टाछुट्टै मितिमा निर्वाचन मागेर आयोगले निर्वाचन मात्रै खोजेको अर्थ नलगाउन आग्रह पनि गरे । 

स्वच्छता र निष्पक्षता र प्रादेशिक एजेन्डाको विषयलाई ध्यान दिइनुपर्ने उनको भनाइ छ । स्थानीय तहको निर्वाचन छुट्टै र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एउटै मितिमा गरिने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस