निगमले आन्तरिक उडानमा ई-टिकेटिङ सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निगमले आन्तरिक उडानमा ई-टिकेटिङ सुरु


२० माघ २०७९, शुक्रबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ-टिकेटिङ सुरु गरेको छ ।

निगमका अनुसार अब आन्तरिक उडानका टिकट ई-सेवाबाट किन्न सकिने भएको छ । निगमका अनुसार अब पूर्ण रूपमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने भएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानमा यसअघि नै ई–टिकेटिङ सुरु गरेको थियो । निगमले अन्य लोकल वालेटबाट पनि टिकट काट्न सकिने प्रावधान सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय निगमको वेबसाइटबाट पनि टिकट काट्न सकिन्छ ।

निगमले आफ्ना १९ सीट जहाजमा फुल क्षमतामा भने उडान गर्न नसक्ने जनाएको छ । निगमले आफ्नो सीट क्षमता समेत सार्वजनिक गरेको छ ।

विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणहरूले प्रभाव पार्ने निगमको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस