२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातभन्दा माथि नौमती बाजा

अ+ अ-

झापा । दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो । विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो । तर परिवर्तनशील समयसँगै पुरातन सोचमा परिवर्तन आएको छ । हाल नौमती बाजा जातभन्दा माथि उठेको छ । कुनै बेला अछुतझैँ सम्झिने नौमती बाजालाई बाहुन, क्षेत्री समुदायका पुरूषमात्रै होइन, महिलाले पनि बढो गर्वका साथ बजाउन थालेका छन्।

झापाको कन्काई नगरपालिका–१ स्थित कन्काइ नमूना नौमती बाजा समूह नौमती बाजा बजाउन मुलुकको कैयौँ स्थानको भ्रमण गरिसकेको छ । विराटनगरमा बिहीबार सिएनआइ एक्स्पो–२०७९ को उद्घाटन समारोहमा बाजा बजाउन आएको यो समूहले धेरै अवलोकनकर्ताको ध्यान खिच्न सफल भएको थियो ।

ठाउँ–ठाउँ पुगेर नौमती बाजा बजाएर उद्यमशीलताको प्रवर्द्धनमा महिला समूहको योगदान देखेर अन्य महिलामा पनि केही गरौँ भन्ने प्रेरणा जागेको छ । महिलाले नौमती बाजाका रूपमा सहनाई, कर्नाल, झ्यालीलगायतका बाद्ययन्त्र बजाएको हेर्न सर्वसाधारणको भीड लागेको थियो । दलितले मात्र बजाउन मिल्ने भन्ने बाजा बाहुन–क्षेत्री महिलाले पनि बजाएको देखेर महोत्सवका सहभागी दङ्ग भएका थिए ।

समूहकी नेतृत्वकर्ता अनु दाहालले कन्काई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईँले लोप हुन लागेको नौमती बाजा सिक्न र बजाउन प्रेरित र प्रोत्साहन गरेको बताइन् । दाहालले गाउँ समाज, घरबाट नौमती बाजा सिक्न र बजाउन हौसला पाएको बताए । समूहमा २५ जना सदस्य रहे पनि १४ जनाले नौमती बाजा बजाउन सिकेकी छन्

नौमती बाजा सिकेपछि समूहको आयमा पनि मनग्य वृद्धि भएको छ । विवाह, व्रतबन्ध, गुन्यू चोलो, पास्नीलगायतका धार्मिक कार्यका लागि समूहलाई धेरै अनुरोध आउन थालेको छ ।

समूहका सदस्य सीता अधिकारीले हाल महिला र पुरुष दुवै बराबर भएको र विभेदका कुरा पुरानो भइसकेको बताइन् । उनले सुरु–सुरूमा केही स्थानीयवासीले महिलाले बाजा बजाउँदै सडकमा हिँड्ने भन्दै व्यङ्ग्य गरे पनि हाल तिनीहरूले पनि आफ्नो घरको कार्यक्रममा बोलाउने गरेको बताइन् ।

समूहका अर्का सदस्य मञ्जु सापकोटाले नौमती बाजा बजाएर आफूलाई गर्व महसुस हुने बताइन् । उनले एउटा कार्यक्रममा रु २० देखि ३५ हजारसम्म पारिश्रमिक लिने बताइन्। नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँ ताल, सहनाई र कर्नाल हुन्छ ।

प्रतिक्रिया दिनुहोस