दोलखाको कटुवाचौरमा आगलागी, ९ घर जलेर नष्ट « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

दोलखाको कटुवाचौरमा आगलागी, ९ घर जलेर नष्ट


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ ।

आगालीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, कमला खाती, चित्र प्रसाद सेढाई, स्वस्थानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपीलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । गएराति ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।

रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएपनि आगलागीको एकिन कारण खुल्न सकेको छैन । प्रहरी, स्थानीय र दमकलको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीबाट करोडौंको क्षति भएको छ भने धेरै पशुचौपाया पनि मरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस