संघीयतालाई संस्थागत गर्न सके मधेसको विकासमा कायापलट हुन्छ : उपेन्द्र यादव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संघीयतालाई संस्थागत गर्न सके मधेसको विकासमा कायापलट हुन्छ : उपेन्द्र यादव


१८ माघ २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई संस्थागत गर्न सके तराई मधेशको विकासमा कायापलट हुने बताएका छन् ।

मंगलबार बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा आयोजित सिचाई योजना शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।

संघीयतालाई संस्थागत हुन नदिने खेल शुरु भएको भन्दै उनले यस तर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए । ठूला दलहरूले तराई मधेशको विकासमा आनाकानी गर्ने गरेकोप्रति लक्षित गर्दै यादवले एक पटक क्रान्तिको बिगुल फुक्ने वातावरण सृजना गर्नुपर्ने बताए ।

मधेश प्रदेश सरकारको करिव २१ करोड लागतमा निर्माण हने सो सिचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोय जमिनमा सिचाई हने बताइएको छ ।

कार्यक्रममा जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस