काठमाडौँ । महालक्ष्मी विकास बैङ्क लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बैङ्कको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षरूपी बिस हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । सहारा विहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी सहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैङ्कले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
त्यस्तै गरी बैङ्कको सुके धारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौँमा अवस्थित टोखा ज्येष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ । नगरपालिकाका वडा नं १ देखि ११ सम्मका ज्येष्ठ नागरिकलाई पर्न सक्ने कठिन कार्यमा सहयोग पुर्याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैङ्कले टेबुल प्रदान गरेको हो ।
बैङ्कको चन्द्रौटा शाखाले पनि शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्यधिक चिसो बढेकोले विद्यार्थीहरूको स्वास्थ्य र अध्ययनमा पर्न सक्ने प्रभावलाई ध्यानमा राखेर बैङ्कले स्विटर प्रदान गरेको हो ।