२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय राहदानी बनाउन अनलाइन बुकिङ खुला

अ+ अ-

काठमाडौँ । राहदानी विभागले इ-पासपोर्ट बनाउन एक महिनाका लागि अनलाइन बुकिङ खुला गरेको छ । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको विभागले जनाएको छ ।

राहदानी विभागमा दैनिक १५०० का दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ । अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न पाउने छन् । हरेक दिन १५०० ले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा फारम भर्न सकिने विभागको भनाइ छ ।

थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले स्पष्ट पारेको छ । समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जाने पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ ।

विभागले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । यो व्यवस्थाले विभागमा हुने भिडभाड कम हुने विभागको अपेक्षा छ ।

‘जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र तराईका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र पहाडका सुगम जिल्लाहरूमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ,’ विभागले भनेको छ ।

हेर्नुस् सूचना:

प्रतिक्रिया दिनुहोस