काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ १० पैसा र बिक्री दर १३० रुपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९४ पैसा र बिक्री दर १४२ रुपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५१ पैसा र बिक्री दर १६२ रुपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
