२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिगो शहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

अ+ अ-

काठमाडौँ । स्थानीय योजना निर्माण मञ्चको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ । एसिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरूको सहभागिता रहने सम्मेलन यस वर्ष नेपालमा हुन लागेको हो । सम्मेलन १९-२० माघमा काठमाडौँमा हुने लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए । ‘एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।

दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा “स्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो । मञ्चमा एसिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगान्डा, मोजाम्बिक, भुटान, श्रीलङ्का, मलेसियालगायत १३ देश आबद्ध छन् । एक अर्काको सिकाइ तथा अनुभव आदानप्रदानका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।

युएन ह्याबिट्याट एसिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष यससम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने बताइएको छ । सम्मेलनको अघिल्लो दिन माघ १८ गते अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले काठमाडौँ उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे स्थलगत अवलोकन भ्रमण गर्ने भएका छन् । ‍सम्मेलनमा प्राविधिक सत्र एवम् अन्तरक्रियाहरू हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस