२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प आउने हल्लाले रातभर जाग्राम

अ+ अ-

काठमाडौँ । भूकम्प आउन सक्ने भन्दै गलत हल्ला फैलिएपछि कर्णालीको मुगु, कालिकोट र जुम्लाबासी खुला मैदानमा रातभर जाग्राम बसेका छन् । उनीहरुले आफूलाई आवश्यक पर्ने सामान लिएर कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताएका हुन् ।

जुम्ला सदरमुकाम खलङ्गाको चोकचोकमा आगो बालेर सर्वसाधारण बसेका थिए । उनीहरुले कम्बल, महत्त्वपूर्ण सरसामान समेत आफैसँग लगेका थिए । गाउँ-गाउँमा पनि मानिसहरू बाहिर आगो बालेर बसेका थिए ।

मध्यरातपछि बुढाबुढी, केटाकेटीलाई समेत घर बाहिर निकालेर राखिएको थियो । मस्त निद्रामा रहेकाहरू पनि आफन्तले फोन गरेर सुरक्षित स्थानतिर बस्न आग्रह गरेपछि खुला मैदानमै आएका थिए ।

पहिलो पटक राति १ बजे भूकम्प आउने हल्ला फैलियो । त्यसपछि ३ देखि ४ बजे सम्म भूकम्प आउने हल्ला थियो । अन्तिममा ५ बजेर १२ मिनेटमा ठूलो रेक्टर स्केलको भूकम्प आउने हल्ला फैलिएपछि कर्णालीका नागरिक त्रसित बनेका थिए । राति १२ बजे देखि नै खुला आकाशमा बसेका मानिस बिहान ६ बजेतिर मात्रै घरभित्र प्रवेश गरेका थिए ।

मानिसहरू भूकम्प आउने त्रासले घरबाहिर खुला मैदानमा बसेको देखेपछि स्थानीय प्रशासनले भूकम्पको भ्रम फैलाउने व्यक्तिको अनुसन्धान सुरु गरेको जनाएको छ । तर को व्यक्ति,कहाँबाट, कसरी हल्ला फैलाउन थालियो भन्ने पत्ता लागिसकेको छैन ।

जुम्लाको माइनस डिग्रीको चिसोमा मानिसहरू एका-एक घरबाहिर निस्कनुले उनीहरूको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको छ । केहीले भूकम्प आउने कुरा हल्ला भएको भन्दै भ्रममा नपर्न आग्रह गरिरहेका थिए । तर धेरैजसो नागरिक इन्टरनेटको पहुँचमा नभएकोले जानकारी पाउन सकेनन् । उनीहरूलाई भ्रमपूर्ण सूचनाबाट मुक्त रहने अवसर नै प्राप्त भएन । सबै नागरिक घरबाहिर निस्केपछि भूकम्प सम्बन्धी जानकार भएका व्यक्तिहरू पनि बाहिर निस्कन बाध्य भएका थिए ।

भूकम्प आउने हल्ला फैलाउनेलाई कारबाही हुनुपर्ने माग जुम्लावासीको छ । स्थानीय खड्कबहादुर खत्रीले अनावश्यक आधारहीन भ्रम छरेर नागरिकलाई दुःख दिने जो सुकैलाई कारबाही गर्नुपर्ने माग गरे ।

भूकम्प आउने भन्दै नागरिक घरबाहिर निस्कन थालेपछि प्रहरी प्रशासनलाई टेलिफोन गरेर जानकारी लिने बढेका थिए । स्थानीय प्रशासनले यो हल्ला निराधार भएको भन्दै ढुक्कसँग बस्न आग्रह गरेको थियो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले रातभर फोन आएर हैरानी खेप्नु परेको बताए । उनका अनुसार नागरिकलाई गलत अफवाह फैलाएर दुःख दिनेलाई खोजी कार्य सुरु भएको छ । भेटिनेवित्तिकै कारबाही गरिने प्रमुख जिल्ला अधिकारी केसरीले बताए ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपथ व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले भूकम्प आउने पूर्व अनुमान पहिले नै गर्न नसकिने भएकोले हल्लाको पछाडि दौडनु पर्ने अवस्था नरहेको बताए । उनले यो हल्ला फैलाउने व्यक्तिलाई खोजेर कारबाही गर्न माग गरेका छन् । 

जुम्लाका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले वाहियात हल्ला फिँजाएर दुःख दिने व्यक्तिको खोजी भइरहेको बताए । उनका अनुसार मुगु प्रहरीसँग समन्वय हरेर खोजी कार्य सुरु भएको हो । 

यस्तै मुगुमा पनि मध्यरातमा भूकम्प आउने गलत हल्लाले गर्दा स्थानीय घर छोडेर रातभर चौर तथा सडकहरूमा जाग्राम बसेका थिए ।

प्रतिक्रिया दिनुहोस