मुटु रोगसम्बन्धी सेवाको विकेन्द्रीकरण गर्न जरुरी छ : राज्यमन्त्री कार्की « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुटु रोगसम्बन्धी सेवाको विकेन्द्रीकरण गर्न जरुरी छ : राज्यमन्त्री कार्की


१५ माघ २०७९, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गङ्गालाल अस्पतालका मुटु रोगसम्बन्धी सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छिन् ।

आइतबार शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अस्पतालका सेवाहरूलाई विकेन्द्रीकरण गरी प्रादेशिक स्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको बताइन् । 

उनले गङ्गालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् । १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् । 

“अब गङ्गालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरूलाई विकेन्द्रीकरण गरेर प्रादेशिक स्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको छ । गङ्गालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना गर्न चाहन्छौँ,” उनले भनिन्, “१५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तारित गर्दै अब सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठुलो उद्देश्य छ ।” 

स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस