२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखको कार्यालय ‘हाई ज्याक’ भयो, संसद्मा कुनै प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाई ज्याक भएको बताएका छन् ।

शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा (एमाले)ले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाएको बताए ।

उनले एमाले र सरकारले सभामुखसँग चाँडोभन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाएको बताए । संसद्लाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाउँदै उनले संसद्मा कुनै पनि प्रतिपक्ष नरहेको र संसद्लाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मूल मर्म र आत्मामाथिको प्रहार भएको बताए ।

‘संसद् भाइब्रेन्ट हुनुपर्छ तर हामीले संसद्लाई राष्ट्रिय पञ्चायत जस्तो बनाइदियौँ । किनभने कोही पनि संसद्मा प्रतिपक्ष छैन, सारा सत्ता पक्ष । झनै हाई ज्याकमा परेको छ । यो संसदीय प्रणालीको मूल मर्म र आत्मामाथिको प्रहार हो,’ उनले भने, ‘नर्थ कोरिएको जनकँग्रेस जस्तो बनायौँ । अपोजिसनको संवैधानिक भूमिका छन् भन्ने कुरा पनि हेक्का राखिएन । सत्तापक्षलाई भोट हाल्ने प्रतिपक्ष हुँ भन्ने कन्स्टियुसन मोडिलाटी भएन ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरूसँग सनेस बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए । उनले पार्टीहरू सत्ता र पदको लागि अवसर खोज्ने काममा नै लागिपरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भूमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरू केन्द्रित भएको पुष्टि गरेको त्रिपाठीले बताए । उनले राजनीतिक पार्टीहरू एजेण्डा र विचारविहीन भइसकेको बताउँदै पार्टीलाई दासहरूको कुम्भ भेलाको संज्ञा दिए ।

‘पार्टीहरूसँग सनेस बिल्डिङर ट्रान्सफरमेसनको कुनै एजेण्डा छैन । पार्टीहरूमा मात्र मौका कुरिरहने कुरा प्राथमिकतामा छ । सत्ताको लागि र अवसरको लागि कुनै पनि ठाउँमा उभिने कुरा छ,’ उनले भने, ‘राजनीतिक पार्टीहरू एजेण्डा विचारविहीन भइसके । पार्टीहरू भनेको दासहरूको कुम्भ भेला जस्तो भयो । कुनै पनि डिबेट नै छैन ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भने पनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शीतल निवास पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस