निर्वाचन आयोगले भन्यो-रविको स्थानमा उपनिर्वाचनबाट पदपूर्ति गर्छौँ   « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचन आयोगले भन्यो-रविको स्थानमा उपनिर्वाचनबाट पदपूर्ति गर्छौँ  


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । नागरिकता विवादमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका रवि लामिछानेको सांसद पद खारेज भएको छ । 

सर्वोच्च अदालतले उनको पद नरहने फैसला सुनाएको हो । 

सांसद पद खारेज भएसँगै त्यहाँ उपनिर्वाचन हुनेछ । प्रतिनिधिसभा निर्वाचन ऐनमा कार्यकाल सकिनु छ महिनाअघि निर्वाचन हुनुपर्ने व्यवस्था छ । 

“दफा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,” प्रतिनिधिसभा निर्वाचन ऐनमा भनिएको छ । 

रिक्त पदको निर्वाचनको घोषणा निर्वाचन आयोगले गर्नेछ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अदालतको फैसला आयोगमा आइसकेपछि मात्रै भन्न सकिने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने गएको मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस