काठमाडौँ । स्थायी विकल्पबिना नहटाउन माग गर्दै सुकुम्वासीहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले तीन बुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।