नेपाली भूमिमै काम गर्न भारतीय सुरक्षाकर्मीद्वारा रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली भूमिमै काम गर्न भारतीय सुरक्षाकर्मीद्वारा रोक


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । नेपाली भूमिमा नेपाल सरकारका अधिकारी, ठेकेदार र प्राविधिकलाई काम गर्न भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् । 

राजविराज-कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी-१ स्थित भन्सार कार्यालयअगाडि सडकछेउमा बगिरहेको जिता नदीको कटानबाट सडकलाई जोगाउन जाली क्रेटिङ गर्ने कार्यलाई भारतीय सुरक्षाकर्मीले रोक लगाएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इन्जिनियर सञ्जयकुमार ठाकुरले जानकारी दिए । 

राजविराजदेखि कुनौलीसम्म ११ किलोमिटरको उक्त सडक हाल निर्माणाधीन नै छ । उक्त सडकको दक्षिणतर्फ जिता नदी बगिरहेको र नदीको दक्षिणमा भारतीय भूमि रहेको छ ।

जाली बोल्डर क्रेटिङ गर्न नदिँदा सो स्थानमा निर्माण गरिएको सडक भासिन थालेको उनले बताए । सडक भासिँदा सडकमै ठूलो खाल्डो परेको छ । 

भारतीय सुरक्षाकर्मीले काम गर्न रोक लगाएकोबारे सप्तरी प्रशासनलाई पहिले पनि जानकारी गराएको इन्जिनियर ठाकुरले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस