सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : जनमत पार्टी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : जनमत पार्टी


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताएका छन् । प्रदेश सरकारमा जनमत पार्टीको मन्त्रालय परिवर्तन भएपछि उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्न सकिने बताएका हुन् ।

बिहीबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख कार्यालयले जनमत पार्टीको मन्त्रालय हेरफेर गरेको थियो । यसअघि १० गते सामाजिक विकास मन्त्रालय दिएकोमा बिहीबार त्यसलाई परिवर्तन गरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिएको हो ।

यादवले भने,‘भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय पनि मागेको थिए । तर, सुरुमा सामाजिक विकास मन्त्रालयमा सहमति भएको थियो । यसरी अचानक मन्त्रालय फेरिएपछि अचम्मित भएका छौँ ।’ उनले शुक्रबार बिहान दलको बैठक बसेर सरकारलाई दिएको समर्थन यथावत् राख्ने वा फिर्ता लिने भन्नेबारेमा छलफल गर्ने बताए ।

उनका अनुसार जनमत मधेस प्रदेशको संसदीय दलको बैठक शुक्रबार बिहान ८ बजे बस्ने छ । बैठकमा पार्टी अध्यक्ष डा. सिके राउत पनि सहभागी हुने जनाइएको छ । मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुबीच सहमति भएको थियो ।   

Tags :
प्रतिक्रिया दिनुहोस