सर्लाही । सर्लाहीको हरिपूर्वा-९, वसन्तपुर पछियारी टोल बस्ने १८ वर्षीय ललन राय यादवको कुलोमा डुबेर मृत्यु भएको छ। उनको बोरिङबाट सिँचाइ गर्न बनाइएको कुलोमा डुबेर मृत्यु भएको हो ।
बिहीबार बिहान घर नजिकैको कुलोभित्र युवकलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।
घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।