२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्छ : अर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् ।

बिहीबार ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले पछिल्लो समय भन्सार विन्दुबाट हुने चुहावट बढ्दै गएको उल्लेख गरे । यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै उनले चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताए ।

भन्सार विन्दुबाट कुनै वस्तुको आयात घट्ने तर बजारमा सोही वस्तुको मौज्दात बढी देखिने भन्दै यसले ‘लिगल च्यानल’लाई चुनौती दिने काम गरेको उनले बताए । उनले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने औँल्याए ।

अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा चालु आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी आएको बताए । यस्तो आँकडा सुनेर मात्र बस्न सक्ने अवस्थामा सरकार नरहेको उनले उल्लेख गरे ।

राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिने गरिएको उनले बताए । ती कुनै पनि तर्कले राजस्व सङ्कलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्नेमा जोड दिए । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै लक्ष्य भेट्टाउने काम गर्न उनले निर्देशन दिए ।

अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस