२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका रहन्छ : उपसभापति खड्का

अ+ अ-

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन् ।

गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उनले प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक भएको बताए ।

‘अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,’ उनले भने, ‘यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ ।’

उपसभापति खड्काले विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताए ।

‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवन पद्धति सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘अनुशासन, चरित्रवान र जीवन पद्धति बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो ।’

उपसभापति खड्काले विद्यालयले राखेका माग पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । विद्यालयलाई आवश्यक बसका साथै पूर्वाधार निर्माणको माग पूरा गर्ने उनको भनाइ छ।

उपसभापति खड्काले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए । ‘सरकार फेरबदल हुँदा चुनावमा गरिएका वाचा पूरा हुँदैनन् कि भन्ने मतदातामा चिन्ता देखियो,’ उनले भने, ‘हामीले पाँच वर्षका लागि जे–जे वाचा गरेका थियौँ, ती सबै पूरा हुन्छन् ।’

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पालिकाभित्रका अभिभावक नभएका बालबालिकाको अभिभावकत्व नगरपालिकाले ग्रहण गरेको बताए ।

‘त्यस्ता बालबालिकालाई यसै विद्यालयमा आवासीय रूपमा राखेर शिक्षाको प्रबन्ध मिलाएका छौँ,’ उनले भने, ‘कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित नहुन भन्नेमा हामी चनाखो छौँ ।’

उनले आवासीय विद्यालयको भौतिक पूर्वाधार सुधार र प्रविधितर्फ पालिकाले सहयोग गर्दै आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस