विद्युत् प्राधिकरणको गोदाममा आगलागी हुँदा करोडौँको क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्युत् प्राधिकरणको गोदाममा आगलागी हुँदा करोडौँको क्षति


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाममा गए राति आगलागी हुँदा सामानहरू जलेर नष्ट भएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरव रोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गए राति आगलागी भएको हो।

गोदाममा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाएको थियो।

गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएको प्राधिकरणले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस