पिटिआइका नेता फवाद फवाद चौधरी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पिटिआइका नेता फवाद फवाद चौधरी पक्राउ


११ माघ २०७९, बुधबार


काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक-ए-इन्साफ (पिटिआइ) का नेता फवाद चौधरी पक्राउ परेका छन्।

प्रहरीले चौधरीलाई उनको घरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई लाहोर अदालतमा पेस गरिएको छ।

पूर्व सञ्चारमन्त्री चौधरीमाथि ‘संवैधानिक संस्थाविरुद्ध मानिसलाई भड्काउने कोसिस’ गरेको आरोप छ।

तहरिक–ए–इन्साफका नेता शिरीन मजारीले फवाद चौधरीको गिरफ्तारीलाई लिएर आलोचना गरेका छन्। चौधरीले चुनाव आयोगका सचिवलाई ‘मुन्सी’ भनेकाले गरिफ्तार गरेको नेता मजारीको भनाइ छ।

शिरीन मजारीले ट्वीट गर्दै भनेका छन्, ‘के फवाद चौधरीलाई हिरासतमा राख्ने इजाजत छ ? आतङ्कवादी खुलेआम घुमिरहेका छन् तर राजनीतिक विरोधीको गिरफ्तार भइरहेको छ।’

तहरिक–ए–इन्साफका अर्का वरिष्ठ नेता शाह महमूद कुरोशीले पनि फवाद चौधरीको गिरफ्तारलाई लिएर निन्दा गरेका छन्।

निर्वाचन आयोगका सचिव उमर हमीदले नेता चौधरीविरुद्ध मुद्धा दर्ता गरेका थिए।

प्रहरीका अनुसार निर्वाचन आयोगका सचिवले फवाद चौधरीले मुख्य निर्वाचन आयुक्त र सदस्यलाई कर्तव्य पालन गर्नबाट रोकिएको र संवैधानिक संस्थाविरुद्ध हिंसा गरेको आरोप छ।

Tags :
प्रतिक्रिया दिनुहोस