२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोलुङ हाइड्रोपावरको आइपीओमा माघ १५ गतेसम्म आवेदन दिन पाइने

अ+ अ-

काठमाडौँ । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद पुनः थप भएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आइपीओमा अब माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअघि आइपीओमा माघ १० गतेसम्मलाई आवेदन दिने समय थप भएकोमा अहिले पुनः ५ दिन समय थप गरेको कम्पनीले जनाएको छ ।

मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई भने माघ ३ गतेसम्म मात्रै आइपीओमा आवेदन दिने व्यवस्था थियो। यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १०५ अर्थात् ८ करोड २ लाख २५ हजार बराबरको सेयर बिक्री खुला गरेको हो । स्थानीयलाई जारी भएको उक्त सेयरमा मागभन्दा कम आवेदन परेकाले समय थप भएको हो। हाइड्रोपावरले १०० रुपैयाँ अङ्कित मूल्यमा ८ लाख २ हजार ५ सय कित्ता सेयर स्थानीयलाई निष्कासन गरेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये ५५ ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ। बाँकी ५५ सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।

स्थानीय प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

प्रतिक्रिया दिनुहोस