काँग्रेसलाई संसद् सचिवालयले पठायो पत्र, दियो यस्तो जवाफ  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसलाई संसद् सचिवालयले पठायो पत्र, दियो यस्तो जवाफ 


९ माघ २०७९, सोमबार


संसद् सेवा

काठमाडौँ । संघीय संसद् सचिवालयले नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिँदै प्रमुख प्रतिपक्षी दलको नेताका सेवा सुविधासम्बन्धी पत्र पठाएको छ । 

काँग्रेसको संसदीय दलको कार्यालयमा कार्यरत उपसचिव होमनाथ पहाडीको पत्रको जवाफ दिँदै संसद् सचिवालयले नाम नै तोकेर प्रमुख प्रतिपक्षी दलको नेताको सेवा सुविधासम्बन्धी जानकारी गराएको हो ।

संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका प्रमुख रामहरि थापाले पत्र पठाउँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पाउने सेवा सुविधाका विषयमा जानकारी दिएका हुन् ।

उपसचिव थापाको पत्रमा भनिएको छ, “प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९/०८० च.नं. ४५ मिति २०७९/०९/२९ को पत्रबाट प्रतिनिधिसभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू र अनुसूची-१ तथा अनुसूची-२ बमोजिम हुने ब्यहोरा निर्देशानुसार अनुरोध छ ।”  

सचिवालयले विपक्षी दलको नेताको हैसियतमा नाम नै तोकेर जानकारी गराएसँगै काँग्रेसको प्रमुख प्रतिपक्षी दलको हैसियत पाउँछ कि पाउँदैन भन्दै भएको बहसमा पूर्णविराम लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस