नेप्सेमा १३ अङ्कको गिरावट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा १३ अङ्कको गिरावट


९ माघ २०७९, सोमबार


काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से १३.७१ अङ्क घटेर २१६५.१० बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.०५ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स ०.९१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अङ्कले घटेको छ। सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा बैङ्किङ उपसमूहको परिसूचक १.०८ अङ्क बढेको छ। तर यता विकास बैङ्क, होटेल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेमा गिरावट आए पनि पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज कुमारी बैङ्कको २७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस